उपत्यकामा कडा लकडाउन गर्न माग
काठमाण्डौ, काठमाण्डौँ उपत्यका कोरोना भाइरसको केन्द्रविन्दु जस्तै बनेको छ । दिनहुं संयौंको संख्यामा संक्रमितहरु थपिइरहेका छन् । अहिले देशभरको संक्रमणमध्ये काठमाण्डौ उपत्यकामा ४६ प्रतिशत र बागमती प्रदेशमा देखिएका संक्रमण मध्ये ८५ प्रतिशत उपत्यकाका तीन जिल्लामा रहेको छन । मानिसहरुले उपचारको लागि अस्पताल र चिकित्सक भे्टन सकिरहेका छैनन् । धेरै संक्रमितहरुहोम आईसोलेशन वसिरहेका छन् । काठमाण्डौ उपत्यकाका मेयर, उपमेयर लगायतका जनप्रतिनिधिहरुले तिहार र छठ लगत्तैपछि फेरि कडा लकडाउन गर्न माग गर्दै आएका छन् । त्यहीकारण अहिले सर्वसाधारण काठमाण्डौमा फेरि लकडाउन हुने त होइनरुभन्ने संसय पैदा भएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनकाअनुसार उपत्यकाका मेयरहरूले केही दिन अघि गृहमन्त्री रामवहादुर थापालाई भेटेर कडाइका साथ लकडाउन गरिएको खण्डमा संक्रमणको दर नियन्त्रण गर्न सकिने धारणा ब्यक्त गरेका थिए । ‘त्यसपछि गृहमन्त्रीले छठपछि दुई हप्ताका लागि लकडाउन गर्ने सोचमा नेपाल सरकार रहेको भनेका थिए । तर अहिले विधि पुगेको छैन, विधि पुर्याएर त्यो काम गर्छौं भनेर भनेका छन । मैले चैत ११ गते जस्तो घोषणा गर्ने अनि त्यसपछि हात बाँधेर बस्नुहुँदैन भन्ने धारणा राखे । अब लकडाउन गर्ने हो भने त्यो बीचमा के के गर्ने भन्ने कार्यक्रम हामीसँग हुनुपर्छ’ महर्जनले भने । उनका अनुसार परीक्षण र कन्ट्याक ट्रेसिङ गर्नुपर्छ भन्दा गृहमन्त्रीले १४ दिनपछि अझै एक साता लकडाउन थप्न सकिने पनि सङ्केत गरेका छन् ।
अघिल्लो साता कोभिड–१९ सङ्कट व्यस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी०कोे निर्देशक समितिसँग उपत्यका मेयर फोरममा आबद्ध १८ वटा नगरपालिकाका मेयरहरू बैठक बसेर लकडाउन गर्न माग गरेका छन् ।बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल भन्छन्–उपत्यकामा यसै गरी तीव्र रूपमा संक्रमण फैलने हो भने यो जाडोमा हाम्रा अस्पतालहरूले धान्न सक्ने अवस्था रहँदैन । १४ दिनसम्म कडा लकडाउन गर्न सकियो भने संक्रमण अरूमा सर्ने सम्भावना हुँदैन र लागेको पनि निको हुन्छ भन्ने राय आएको हो । लकडाउन गर्ने अभ्यास संसारका अन्य देशमा पनि भइरहेको हुनाले मलाई पनि यो ठिक हो कि जस्तो लागेको छ ।
सरकारको धारणा के छ ?
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा अर्को लकडाउनको सम्भावना नदेखेको बताउँछन् । बुढाले भने–एकपटक लकडाउन गर्दा स्थिति सहज हुन्छ वा खोप आइपुग्छ भन्ने अवस्था छैन । पहिला पनि लकडाउन भएकै हो, कहिलेसम्म गर्ने भन्ने प्रश्न उठ्छ । अहिले आर्थिक गतिविधि गर्नुपर्ने र विकास निर्माणका कामहरू गर्नुपर्ने अवस्था छ । आम जनतालाई सोध्दा पनि निकै थौरै मानिसले मात्रै लकडाउन गर्नुपर्छ भनेर भन्लान ।
उनका अनुसार पहिला गर्दा पनि खोल्नुपर्यो काम गरेर खाने वातावरण बनाइदिनुपर्यो भनेर आवाज उठेको हो । अहिले लकडाउनबारे छलफल भएको छैन । उनले कुनै क्षेत्रमा उच्च संक्रमण देखिए त्यहाँ आवतजावत नियन्त्रण गरी परीक्षणलाई तीव्रता दिने नीति सरकारले लिएको बताए ।संक्रामक रोगसम्बन्धी विशेषज्ञ डा। अनुप सुवेदी परीक्षणको दायरा बढाउने र सङ्क्रमण फैलन नदिन सावधानी अपनाउनुपर्ने विषय राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउँछन् ।
उनले विविसीसंग भने( अस्पतालहरूमा आइसीयूमा एकदमै धेरै चाप पर्यो भने लकडाउनले त्यसलाई मत्थर गरिदिन सहयोग गर्छ । समग्र महामारीको फैलावटलाई पनि त्यसले कम गर्छ। तर लकडाउन गर्दा अरू केही गरिएन भने त्यसका समाजिक र आर्थिक घाटा बढी हुन्छ ।उनी थप्छन्, लकडाउन अन्तिम अस्त्र हो। एकमात्र अस्त्रका रूपमा त्यसलाई प्रयोग गर्यो भने खासै फाइदा हुँदैन किनभने लकडाउन सकिने बित्तिकै सङ्क्रमण फेरि बढिहाल्छ ।डा सुवेदीले संक्रमित र उनीहरूसँग सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण निःशुल्क गरिनुपर्ने भन्दै त्यसो नगरे महामारी नियन्त्रण नहुने बताए ।