काठमाडौँको चन्द्रागिरिमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौं, राजधानीको चन्द्रागिरिमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बलत्कारको आरोपमा एकजना एक पक्राउ परेका छन्। सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका २ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्।

बलात्कारको आरोपमा हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–२ बस्ने २३ वर्षीय सोर्नविद लोहारलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताएका छन ।

श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्तीकरणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् । घटना लगत्तै फरार भएका आरोपितलाई केही समयमै प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।