प्रधानमन्त्री ओलीले लगाए बहिनीको हातबाट भाइटीका
प्रकासित मिति : २०७७ मंसिर १, सोमबार १५:४३
प्रकासित समय : १५:४३
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाएका छन्। बहिनी कौशल्याले प्रधानमन्त्री निवास बालुवाटारमा दाजु प्रधानमन्त्री ओली र भाउजू राधिका शाक्यलाई टीका लगाइदिएकी थिइन्।
सो अवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेएकाले प्रधानमन्त्री ओलीलाई एक बहिनीले मात्र भाइ टीका लगाइदिएकी हुन्।