पछिल्लो २४ घण्टामा थपिए ११९७ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर १, सोमबार २१:०४
प्रकासित समय : २१:०४
काठमाडौं, पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा २९३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ । ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२३० पुगेको छ ।