डा केसीको उपचार खर्च सरकारले व्यहोर्छः प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले यस्तो जानकारी शनिबार ट्विटरमार्फत् गराएका हुन् । 

कोरोनाबाट संक्रमित भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ट्विटरमा यस्तो बताएका हुन । उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत जानकारी गराएका हुन ।

डा केसीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ ।