नेपालमा पछिल्लो २४ घण्टामा २१ सय ११ कोरोना संक्रमित थपिए
प्रकासित मिति : २०७७ कार्तिक २८, शुक्रबार १६:२३
प्रकासित समय : १६:२३
काठमाडौँ, नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ९ हजार ५ सय ३३ पीसीआर परीक्षणमा २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३५ सय ३७ जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १२०२ पुगेको छ ।