मानव बेचबिखन अभियोगमा ३ जना पक्राउ

पोखरा, महिला हरुलाई बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जना पक्राउ परेका छन ।

विभिन्न जिल्लाहरुबाट २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि ल्याई पोखरा महानगरपालिका ६ लेकसाईड स्थित विभिन्न प्रलोभनमा पारि जबरजस्ती वेश्यावृतीमा संलग्न गराउन मोलमलाई गरिरहेको साथै निज महिलाहरुलाई शारीरिक तथा मानिसक यातना समेत दिईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले यहि कार्तिक २६ गते ३ जनालाई पक्राउ गरि पिडित महिलालाई उद्दार समेत गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको मादि गाउँपालिका(१ खेलुङ बस्ने २१ वर्षीय जिवन नेपाली, पोखरा महानगरपालिका(४ बस्ने ३० वर्षीय अन्जु गुरुङ र जिल्ला काभ्रे पाँचखाल(४ बस्ने २६ वर्षीय आशिष भुजेल रहेका छन् । पक्राउ परेका निजहरु उपर मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।