लिवियामा आप्रवासी सवार डुंगा दुर्घटना, ७४ जनाको मृत्यु

एजेन्सि, लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । लिवियाको खोमस तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको

आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (आइओमएम)लाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।१२० जना सवार उक्त डुंगा दुर्घटना भएलगत्तै ४७ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ ।

गत अक्टोबरदेखि भूमध्यसागरमा रहेको उक्त डुंगा समुद्र पार गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।डुंगामा सवार अधिकांश महिला र बालबालिका रहेका थिए । लिवियामा वर्षेनी डुंगा दुर्घटनामा सयौंको मृत्यु हुने गरेको छ ।