प्रजातान्त्रिक महासंघको प्रदेश १ को संयोजकमा सोम सुसेली र बागमतीमा मोक्तान मनोनित

काठमाडौ,  नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय सूचना प्रविधि तथा प्रचार प्रसार बिभाग अन्तर्गत प्रदेश १ को संयोजकमा सोमनाथ अधिकारी (सुसेली) र बाग्मती प्रदेश संयोजकमा लालकुमार मोक्तान मनोनित भएका छन् । महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको केन्द्रीय समितिको बुधबार बसेको बैठकबाट सुसेली र मोक्तानलाई बहुमतले संयोजकमा मनोनयन गरेको अध्यक्ष रोजी ढकालले जानकारी दिइन ।

प्रजातान्त्रिक महासंघको केन्द्रिय सूचना प्रविधि तथा प्रचार प्रसार बिभाग अन्तर्गत नेपालको ७ ओटै प्रदेशमा प्रचार प्रसार समिती बिस्तार गर्ने उदेश्य अनुरुप विभिन्न प्रदेश समिति गठन भइरहेको छ ।

प्रदेश नम्बर १ को प्रचार बिभागको संयोजकमा चयन भएका सुसेली इलाम बाट प्रकासन हुने इलाम एक्सप्रेस राष्ट्रिय दैनिकका प्रकाशक तथा प्रधान सम्पादक ,रेडियो नेपालबाणी एफ,एमका स्टेशन मेनेजर ,प्रजातान्त्रिक बिचार समाज इलाम जिल्ला सचिव, नेपाल ट्रेड युनियन इलामको संस्थापक सदस्य हाल केन्द्रीय महाधिवेशन प्रतिनिध समेत हुन ।

ट्रेड युनियनमा रहेर छापा सञ्चार माध्यम र रेडियोमा लामो समय देखि आवद्ध उनी निरन्तर पत्रकारीता पेशामा सक्रिय छन् । त्यस्तै बाग्मती प्रदेश संयोजकमा मनोनीत भएका मोक्तान पनि बिगत १ दशक अघिदेखी निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन । मोक्तान नेविसंघ दोलखाका सह–सचिव, जनजाति संघ दोलखाको सचिव हुँदै, प्रेस युनियनमा आवद्ध भइ लामो समय देखि निरन्तर पत्रकारीता पेशामा आवद्ध रहेका मोक्तान तामाङ पत्रकार संघका केन्द्रीय सदस्य समेत रहेका छन् । देशान्तर साप्ताहिक र एभिन्यूज खवरमा आवद्ध भइ लामो समयदेखि टेलिभिजन पत्रकारीतामा सक्रिय उनी अहिले कृषि टेलिभिजनमा कार्यरत छन् ।