जाजरकोटको कुशेमा जिप दुर्घटना एकजना गम्भिर घाइते

जाजरकोट, जाजरकोटको कुशे गाउँपालिका ६ मा जिप दुर्घटना हुदा एकजना घाइते भएका छन । भे १ ज ७७८८ नम्बरको जिप कुशेबाट पैक जाँदै गर्दा दुर्घटना हुदा एकजना घाइते भएका हुन ।

मंगलबार बेलुका करिब साँझ कुशे गाउँपालिका वडा नं ६ नारे नजिक जिप दुर्घटना हुदा चालक नरेन्द्र चन्द घाइते भएकाे स्थानीय टेकराज मल्लले बताएका छन् ।

मल्लका अनुसार जिप दुर्घटनामा चालक चन्द गम्भीर घाइते भएका छन । जिपमा ड्राइभर चन्द मात्र सवार रहेको बताइएकाे छ  । चालक चन्दलाई उपचारका लागि जिल्ला अस्पताल खलंगा पुर्याएको बताइएको छ। गाडी सडकबाट करिब ७० मिटर तल सरु खोलामा खसेको थियो।

दुर्घटित जिप पुरै क्षतिग्रस्त भएको बताइएको छ ।