२४ घण्टामा थपिए १९१३ कोरोना संक्रमित
प्रकासित मिति : २०७७ कार्तिक २७, बिहीबार १६:४३
प्रकासित समय : १६:४३
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सवस्थ्य मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार १८९ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ जना पुगेको छ । यस्तै देशभर हाल ३८ हजार ४६१ जना सक्रिया संक्रमित रहेका छन् ।