रौतहटको लौकाहामा गोली हानी एक युवतीको हत्या
प्रकासित मिति : २०७७ कार्तिक २७, बिहीबार १२:१७
प्रकासित समय : १२:१७
रौतहट, रौतहटमा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गर्नुको कारण र संलग्न समूहको अहिलेसम्म पहिचान भएको छैन ।अमृताकी आमा घरबाट बाहिर शौच गर्न गएको मौकामा राति ११ बजेतिर हतियारधारी समूह घरमै पसेर कन्चटमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठले बताएका छन् ।