बहराइनका प्रधानमन्त्री शेख खलिफाको मृत्यु

काठमाडौं , बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उनको बुधवार ८४ वर्षको उमेरमा निधन भएको हो ।

बहराइनका समाचार संस्थालाई उल्ले गर्दै अलजजिराले तयार पारेको समाचार अनुसार उनको अमेरिकाको मायो क्लिनिक हस्पिटलमा निधन भएको हो । यसबारेमा अन्य विवरण भने दिइएको छैन ।

लामो समय प्रधानमन्त्री पदमा रहेका शेख खलिफाको निधनपछि बहराइनका राजा हमाद बिन इसा अल खलिफाले युवराज सलमान अल खलिफालाई मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

बहराइनका राजाले खलिफा बिन सलमान अल खलिफाको निधनमा शोक जनाउँदै एक हप्तासम्म आधा झण्डा झुकाउने घोषणा गरेका छन् ।अमेरिकाबाट शव आएपछि सीमित आफन्तका बीच उनको अन्त्येष्टि गरिने जनाइएको छ ।