नेकपा सचिवालय बैठक भोलि बस्ने

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (शुक्रबार) दिउँसो ४ बजे बस्ने भएको छ ।नेकपा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा भोलि शुक्रबारलाई बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले गराएका छन् ।

‘महासचिव पौडेलले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग हिजो बेलुका र आज बिहान परामर्श गर्नुभयो । सहमतिमै शुक्रबार बेलुका ४ बजेलाई बैठकको समय तय गरिएको छ,’ रिजालले भने ।

यसअघि बहुमत सचिवालय सदस्यले आज बिहीबारका लागि बोलाएको बैठकका थिए । मंगलबार अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुको अनौपचारिक छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो । वहुमत सदस्यले वैठक डाकेपछि अध्यक्ष ओली दवावमा परेका छन् ।