कोरोनाबाट थप १५ जनाको मृत्यु, मृतक संख्या १,१८९ पुग्यो
प्रकासित मिति : २०७७ कार्तिक २७, बिहीबार १६:५१
प्रकासित समय : १६:५१
काठमाडौं, कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बुधबार कोरोनाबाट २६ जनाको ज्यान गएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको छ ।