दिपावलीको अबसरमा अनेरास्वीयू पचालझरनाले गर्यो शुभकामना आदानप्रदान

कालिकोट ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन आयोजनामा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार जिल्लाको पचालझरना गाउपालिकामा उक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयको हो ।

शुभकामना आदनप्रदान कार्यक्रमको सभा अध्यक्ष दल्बिरे सार्कीले गरेका थिए । तथा कार्यक्रमको प्रमुख अथिती नेपाल कम्युनिष्ट पार्टी जिल्ला सचिवालय सदस्य तथा पचालझरना गाउँपलिकाका अध्यक्ष खड्गराज सेजुवाल बिस्वप्रकाशले युवाहरुको भुमिकाका बिषयमा प्रष्ट पारेका थिए । अध्यक्ष सेजुवालले देशको युवापंक्ति समृद्धीको बाहक बन्नु पर्ने धारण राखेका थिए ।

कार्यक्रममा अन्य अतिथिहरु सचिब मर्मजन बम पुर्ब अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष तथा पार्टीका जिल्ला सदस्य प्रमानन्द आचार्यको समेत उपस्थिति रहेको थियो । पार्टीका कार्यकर्ता भेटघाट पार्टीको आगामी रननितीको विषयमा छलफल तथा नेपालीहरुको महान चाड दिपावलिको सुभकामना आदनप्रदान सम्पन्न भएको हो । शुभभकामना आदनप्रदान कार्यक्रममा जिल्लादेखि स्थानिय स्तरका नेताहरुको उपस्थिति रहेको थियो ।