प्रधानमन्त्री ओली पुगे नेपाल–चीन सीमा किमाथांका
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगेका छन्।आज बिहान सेनाको हेलिकोप्टरमार्फत् प्रधामन्त्री ओली किमाथांका पुगेका हुन्।
प्रधामन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संखुवासभाका सांसदद्वय राजेन्द्र गौतम र परशुराम मेघी गुरुङ लगायत रहेका छन् ।प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बिओपीको निरीक्षण, स्थानीय जनप्रतिनिधिसँग छलफल र सोही जिल्लाको च्याम्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्नेछन् ।
त्यसपछि प्रधानमन्त्री ओली ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थलको निरीक्षण र स्थानीय जनप्रतिनिधिसँग छलफल सकेर नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत बुधबारै साढे ३ बजे काठमाडौं फर्कने उनका सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

