प्रधानमन्त्री ओलीद्वारा महागुरू फाल्गुनन्दप्रति उच्च सम्मान
प्रकासित मिति : २०७७ कार्तिक २५, मंगलवार १२:४६
प्रकासित समय : १२:४६
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् ।उनको सन्देशमा भनिएको छ, राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयनतीका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु ।
यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।