२४ घण्टामा २ हजार ७३६ संक्रमित थपिए, ८५३ संक्रमणमुक्त
प्रकासित मिति : २०७७ कार्तिक २५, मंगलवार १७:२५
प्रकासित समय : १७:२५
काठमाडौंआज मंगलबार देशभर २ हजार ७३६ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप २ हजार ७३६ जनालाई कोरोना पुष्टि भएको छ।
२४ घण्टामा ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ।यस्तै २२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ