लागु औषधसहित पर्सामा दुईजना पक्राउ
प्रकासित मिति : २०७७ कार्तिक २५, मंगलवार १७:४३
प्रकासित समय : १७:४३
पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध सहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर बस्ने २० वर्षिय रोशन साह र चन्दन कुशवाहा रहेका छन् ।
सूचनाको अधारमा वीरगंज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियास्थित सडक खण्डमा रोशन साहले बोकेको झोलामा फेनारगन, एम्पुल, डाइजेपाम ६, ६ सय पिस र नुर्फिन इन्जेक्सन ६ सय पिस बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।भारतबाट लुकाईछिपाई ल्याई कलैयाका आफनो साथी भन्ने चन्दन कुशवाहालाई बोलाएको अवस्थामा दुबैजनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ गरेका दुबैलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कार्वाही प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।