धादिङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
प्रकासित मिति : २०७७ कार्तिक २५, मंगलवार १७:४४
प्रकासित समय : १७:४४
काठमाडौं, धादिङलाई केन्द्रबिन्दु बनाएर आज (मंगलबार) दिउँसो ४ः२९ बजे भूकम्प गएको छ । धादिङको छत्रेदेउराली केन्द्रबिन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पले राजधानी काठमाडौंलगायत आसपासका क्षेत्रहरूमा हल्लाएको थियो । यसअघि सोमबार पनि ताप्लेजुङ केन्द्र बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।