सल्यानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

सल्यान, सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा जीप चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिमबहादुर वली, सोही गाउँपालिका–५ निवासी ६५ वर्षीय गंजबहादुर बुढा र दाङको बबई गाउँपालिका–२ बस्ने १७ वर्षीय भिमराज बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिएका छन् ।

दाङको तुलसीपुरबाट रोल्पाको सुख्खाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको डबलक्याप जीप छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा शनिवार बेलुकी साढे पाँच बजे दुर्घटना हुँदा दाङका एक जनासहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जीपमा सवार ७ जनामध्ये ४ जना भने हामफालेर बाँच्न सफल भएका छन् । उकालोमा चढ्न नसकेर जीप व्याक सर्दा सडकदेखि करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।