काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु
प्रकासित मिति : २०७७ कार्तिक २३, आईतवार ०७:२४
प्रकासित समय : ०७:२४
एजेन्सी,काबुलमा शनिबार भएको विष्फोटमा एक पत्रकारसहित तीन जनाको मृत्यु भएको छ ।
विस्फोट विद्रोही तालिवान समूहले गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले जनाएको छ ।
उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म आक्रमणको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।