देशभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा
प्रकासित मिति : २०७७ कार्तिक २२, शनिबार १९:०९
प्रकासित समय : १९:०९
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मुलुकभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । ३५ हजार ४३५ जना संक्रिय संक्रमितमध्ये २८ हजार ८२० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १८ हजार ४ सय ८६ जना होम आइसोलेसनमा छन्।त्यस्तै प्रदेश १ मा ४ हजार ५ सय ७०, प्रदेश २ मा ९८५, लुम्बिनी प्रदेशमा २ हजार १ सय ८६, सुदूरपश्चिम प्रदेशमा ६ सय ८५ होम आइसोलेसनमा रहेका छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा १ हजार ७१० र कर्णाली प्रदेशमा २९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।