कोटेश्वरको गेष्ठ हाउसमा २५ वर्षीया युवतीको शव फेला

काठमाडौं, कोटेश्वरको एक गेष्ठ हाउसमा २५ वर्षीया युवतीको शव फेला परेको छ ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजीक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा युवतीको शव फेला परेको हो 

होटलको कोठा नम्बर २०४ मा ललितपुर घर भएकी २५ वर्षीया अनु थापा मगर मृत फेला परेकी प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । युवतीको हत्या भएको हो कि आत्महत्या हो खुलिसकेको छैन ।