सहयोगि नियुक्तिको सन्दर्भमा विधि प्रक्रिया भन्दा बाहिर गइएको छैन : अध्यक्ष सेजुवाल

कालीकोट, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले कार्यालय सहयोगि नियुक्तिकोे सन्दर्भमा पालिका बिधि र प्रक्रिया भन्दा बाहिर नगएको जिकिर गरेका छन । स्थापना भएका स्वस्थ्य इकाइका लागि नियुक्ति गरिएका कार्यलय सहयोगि विधि सम्बत भएको बताइएका हुन ।

पचालझरना गाउँपालिकाको वडा न २,३,५,६,८ र ९ मा रहेका स्वस्थ्य इकाइका लागि ६ जना सहयोगिका लागि विज्ञापन लिएको थियो । सो विज्ञापनमा सहयोगिका लागि सामन्य लेखपढ र दलित,महिला र शहिद परिवारलाई प्राथमिकतामा दिने बताइएको थियो । उक्त परिक्षामा सहभागिहरुलाई लिखित नभई मौखिक परिक्षा लिने उल्लेख गरिएको छ । सोही अनुसार मौखिक परिक्षा लिएको बताउदै अध्यक्ष सेजुवालले आफुहरुले प्रक्रिया अनुसार काम गरकोले सोही अनुसार कायम हुने समेत बताए ।

अध्यक्ष सेजुवालका अनुसार वडा न २ मा जग्गा धनि नेत्र कठायत, वडा न ३मा सिंह कामी दलितका तर्फबाट,वडा न ५ मा कल्पना विक शहिद परिवार, त्यसै गरी अन्य वडाहरुमा समेत सोही अनुसार छनोट गरिएको हो । गाउँपालिका अध्यक्ष सेजुवालले विधि प्रक्रिया नपुगि भएको हो भने स्वस्थ्य संस्थामा ताला लगाउने की निवेदन लगाएतका अन्य कानुनि प्रक्रिया पनि त थिए होलान यो त राजनैतिक पूर्वाग्राही बाहेक केही नभएको अध्यक्ष सेजुवालको भनाई रहेको छ ।

नेपालि कांग्रेसका केही साथिहरुले राजनैतिक भागबण्डा गरौं भनेकोमा विधि अनुसार अगाडी बढ्न खोजेको हौं कुनै पनि एक तर्फि नभएको अध्यक्ष सेजुवालले स्पष्ट पारे ।