नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु

मोरङ, नोबेल अस्पताल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ । इलामकी एक वृद्ध र झापाका वृद्धको आज बिहान २ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार दमको पूरानो समस्या भएकी संक्रमित वृद्धाको इलामको चुलाचुली–६ की हुन् ।श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै झापाको दमक–३ का ६४ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । बेलडाँगी शिविरमा बस्दै आएका उनी भुटानी शरणार्थी भएको दाहालले बताए । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यही कात्तिक १२ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।