यौन शोषण गर्ने ६३ वर्षीय पुरुष पक्राउ
काठमाडौं, श्रीमतीको उपचारमा सहयोगीका लागि भन्दै भारत लगेर एक महिलालाई यौन शोषण गरेको अभियोगमा फरार रहेका एकजना पक्राउ परेका छन्।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुर महानगरपालिका–५ तोरीखेत भन्ने स्थानबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा लमजुङ बेसीशहर नगरपालिका–३ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने ६३ वर्षीय चन्द्र बहादुर अधिकारी रहेका छन्। ६६ वर्षीय एक महिलालाई घर सहयोगीका रुपमा राखी काम लगाईरहेकोमा अधिकारीले श्रीमती बिरामी भएको र थप उपचारको लागि भारत लगी उपचार गराउनुपर्ने भएको भन्दै सहयोगीका रुपमा लगेर गएका थिए।
आर्थिक प्रलोभनमा पारेर २ पुस २०७६ मा वीरगंजको रक्सौल हुँदै कलकता स्थितमुकुन्दपुर भन्ने ठाउँ पुर्याएर यौन शोषण गरी जबरजस्ती करणी गरेको उजुरी परेको थियो।मानब बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा ब्यूरोको टोलीले पक्राउ गरेको हो।