पछिल्लो २४ घण्टामा थपिए २९३३ कोरोना संक्रमित

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर गरिएको छ । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ थियो । पछिल्लो २४ घण्टामा थप ३१५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको थियो ।