प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई पार्टी फुटाएर अलग हुन आग्रह

 
काठमाडौँ, प्रधानममन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पार्टी फुटाएर अलग हुन आग्रह गरेकाे कुरा खुलासा भएकाे छ  । धेरै दिनपछि बालुवाटार पुगेका अध्यक्ष प्रचण्डलाई ओलीले पार्टी फुटाएर जान आग्रह गरेका हुन ।
साे कुराकाे रहस्य  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खाेलेका हुन । आफ्नै निवास खुमलटारमा बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले शनिबारको भेटमा  प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव राखेको बताएका हुन्।

वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्ष वामदेव गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ खुमलटारमा आज भेला भएका थिए।

९ सदस्यीय सचिवालयमा ६ जना सदस्य एकै ठाउँमा विरलै मात्र भेला हुन्छन्। प्रचण्डसँगै खनाल, नेपाल र श्रेष्ठ समय समयमा भेला भए पनि गौतम भने बेलाबेला यताउता गरिरहन्छन्।

मन्त्रिपरिषद पुनर्गठनमा असन्तुष्ट भएसँगै गौतम प्रचण्डसँग नजिकिएका छन्। गृहमन्त्री थापा भने यस्ता भेलामा कमै जाने गरेका छन्।