तत्कालीन माओवादी जनयुद्धको झल्को दिने बारेकोटको त्यो सहिद गेट
जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिका ३ पहाडा मुल्साम साविकको रोकायगाउँ १ मा रहेको यो गेटले माओबादी जनयुद्धको झल्को दिन्छ । तत्कालीन नेकपा (माओवादी )द्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सहिदहरूकाे सम्झनामा बनेका यस्ता गेटले जनयुद्धकाे झल्काे दिने गरेका हुन ।
जनयुद्धका बेला गाउँ गाउँमा स्वागतका लागि बनेका यि सहिद गेटहरुले अहिले पनि जनयुद्धको स्मरण गर्ने गरेका छन । जाजरकाेटका बारेकोट लगायतका बिभिन्न स्थानमा माओबादी जनयुद्ध झल्काउने बिभिन्न गेट, बंकरहरु अझै पनि सुरक्षित छन । यि र यस्ता गेट बंकरहरुलाई संरक्षण गर्न सके युद्ध पर्यटनका रुपमा बिकास गर्न सकिने स्थानीयहरुको भनाई रहेको छ ।
जाजरकाेटमा बिभिन्न ठाउँमा तत्कालीन जनमुक्ति सेनाद्वारा निर्माण भएका भाैतिक संरचनाहरू अहिले पिन सुरक्षित छन । जनयुद्धले के दियो, के लियो त्यो फरक पाटो होला । तर यस्ता भौतिक संरचनालाई संरक्षण र संबद्र्धन गर्न सके युद्भ पर्यटनका आधार तय हुने संभावना देखिन्छ ।