छोराको कुटाइबाट ८५ वर्षीया आमाको मृत्यु
सिरहा, सिरहाको कर्जन्हामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका- ३ खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले ८५ वर्षीया आफ्नै आमा सुदामा देवी साहको घाँटी थिचि हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका क्रममा गत मंगलबार बेलुका राम अवतारले घाँटी थिचेर आमालाई गम्भीर घाइते बनाएका थिए । आमा सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराएपनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याईको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उपचारकै क्रममा उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी एवम् डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।
प्रहरीले कुटपीट गरी घाँटी थिच्ने सुदामाका छोरा राम अवतारलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ । स्थानीयले भने आफ्नै आमालाई बोक्सिको आरोप लगाउँदै कुटपीट गरी मलमुत्र खुवाउने प्रयास गरेको बताएका छन् ।