सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ
प्रकासित मिति : २०७७ कार्तिक १६, आईतवार ०७:१६
प्रकासित समय : ०७:१६
सिरहा, सिरहा जिल्लाको बन्दीपुरबाट कटुवा पेस्तोलसहित बिहीबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बन्दीपुर बजारमा स ७ प २५५३ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा एक थान कटुवा पेस्तोल र एकथान गोली, ६ थान लागूऔषध नाईट्रोभेट ट्याब्लेटसहित कर्जन्हा नगरपालिका–२ का २२ वर्षीय डिम्पल यादवलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा संलग्न प्रेमनाथ यादवलाई समेत पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।