भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघ्यो
प्रकासित मिति : २०७७ कार्तिक १६, आईतवार ०८:२२
प्रकासित समय : ०८:२२
काठमाडौँ, भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ४ सय ६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार १४९ पुगेको हाे ।
त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ७१५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८१ लाख ८२ हजार ८८१ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ८९ हजार २०३ जना संक्रमणमुक्त भएका छन् ।