कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु
प्रकासित मिति : २०७७ कार्तिक १६, आईतवार १६:४३
प्रकासित समय : १६:४३
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप २३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८०४ जना थपिएका छन् ।