कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने
प्रकासित मिति : २०७७ कार्तिक १६, आईतवार १६:३४
प्रकासित समय : १६:३४
सुर्खेत, कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको जनाइएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबारै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । आइतबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन शनिबार नै आग्रह गरेका थिए ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरुलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री शाही जुटेको स्रोतले जनाएको छ ।