उपत्यकामा थपिए १६२२ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा१६४ गरी जम्मा १६२२ जना संक्रमित थपिएका छन् ।

यसअघि शनिबार (हिजो) काठमाडौंमा १११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ गरी जम्मा १३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।