देशभर ३१ हजार ८ जना संक्रमित होम आइसोलेसनमा

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

शनिबारसम्म ३८ हजार ३५७ जना संक्रिय संक्रमित मध्ये ३१ हजार ८ जना होम आइसोलेसनमा रहेको मंन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ६ सय ९२ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ६ हजार १ सय ४०, प्रदेश २ मा १ हजार २१, लुम्बिनी प्रदेशमा ३ हजार ४ सय २, सुदूरपश्चिम प्रदेशमा ८ सय ५०, गण्डकी प्रदेशमा १ हजार ३५९ र कर्णाली प्रदेशमा ५४४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।