ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

ओलीको कार्यशैलीसँग असन्तुष्ट रहेको दाहाल दुई सातादेखि बालुवाटार पुगेका थिएनन् । कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र दाहालबीच शनिबार मात्रै भेट भएको हो।

केहिबेर अघि बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच भेटवार्ता सुरु भइसकेको छ । भेटमा पार्टीभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ।