नेपालगन्ज मुस्लिम युवा टाइगर ग्रुपले ‘मोहमद डे’ को अवसरमा गर्यो यस्तो उदाहरणीय काम

नेपालगन्ज, आज मुस्लिम समुदायले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद पैगम्बरको जन्मदिन धुमधामका साथ मनाएका छन् ।


इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ति (मोहम्मद डे) का अवसरमा निकालिएको र्यालिमा सहभागीहरुलाई नेपालगन्ज मुस्लिम युवा टाइगर ग्रुपले खिर र पानी वितरण गरेको छ ।मोहाम्मद डे को अवरमा मुस्लिम युवा टाइगर ग्रुपका निसार शेख, इरफान अलि, शमराट खान, सद्दाम अन्सारी, सगीर अन्सारी, रिजवान अन्सारी, बन्टी अन्सारी, र रिजवान रङ्गरेज लगायतको टोलिले र्यालोमा सजभा नेपालगन्जको बिपि चोकमा र्यालिमा सहभागीहरुलाई खिर र पानि खुवाउने कार्यक्रम गरेका हुन् ।जिल्लाका विभिन्न स्थानबाट नेपालगन्ज आएका इस्लाम धर्मावलम्वीले बाजागाजा र झण्डासहित नेपालगन्ज नगरको परिक्रमा गरिएको थियो ।