नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ९ सय २० पुग्यो
प्रकासित मिति : २०७७ कार्तिक १४, शुक्रबार १६:३६
प्रकासित समय : १६:३६
काठमाडौँ, पछिल्लो २४ घन्टामा नेपालमा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन् ।