रौतहटमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
प्रकासित मिति : २०७७ कार्तिक १४, शुक्रबार १३:३८
प्रकासित समय : १३:३८
रौतहट, रौतहटमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।बुधबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १० बाल्चनपुर घर भएकी ४३ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो ।
गत कात्तिक ६ गते चितवन अस्पतालमा उपचारको लागी लगिएको महिलाको मृत्युपछि पीसीआर जाच गर्दा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक ती महिला मृगौला रोगी भएकोले थप उपचारको लागि चितवन लगिएको थियो ।
मृत्यु पश्चात शव नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा बिहीबार चन्द्रपुर नगरपालिका ५ स्थित चाँदी नदीको किनारमा व्यवस्थापन गरिएको जनाइएको छ । यो सँगै रौतहटमा कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।