पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ कार्तिक १३, बिहीबार १६:३४
प्रकासित समय : १६:३४
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर तीन हजार ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ । आज देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन् । आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ ।