नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
प्रकासित मिति : २०७७ कार्तिक १३, बिहीबार १६:५१
प्रकासित समय : १६:५१
काठमाडौं, नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको १४औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ । कांग्रेसको १४औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ ।

