काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोना संक्रमण

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख २४ हजार ८ सय ६२ जना कोरोना भाइरस स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।