काठमाडौंका सीडीओ जनकराज दाहाललाई कोरोना संक्रमण
प्रकासित मिति : २०७७ कार्तिक १३, बिहीबार १९:४५
प्रकासित समय : १९:४५
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो। दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्।