अब कोरोनाबारे मिडिया ब्रिफिङ हप्तामा दुई दिन मात्रै
प्रकासित मिति : २०७७ कार्तिक १२, बुधबार १६:५१
प्रकासित समय : १६:५१
काठमाडौं, सरकारले कोरोना भाइरस (कोभिड-१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्न भएको छ। दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।
उनले भने, “नियमित प्रेस ब्रिफिङको तालिका परिवर्तन भएको छ । अब सातामा आइतबार र बुधबार साविककै समयमा प्रेस ब्रिफिङ हुनेछ भने अन्य दिन ४:३० बजे मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक र ट्विटरमार्फत तथ्यांक अपलोड गरिनेछ ।”
यसअघ हरेक दिन नियमित प्रेस ब्रिफिङ हुँदै आएको थियो । मन्त्रालयले प्रेस ब्रिफिङको तालिका परिवर्तनको कारण भने खुलाइएको छैन ।