बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङलाई कोरोना संक्रमण

नेपालगँज, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई कोरोना संक्रमण देखिएको छ ।उनले सामाजिक संजाल फेसबुक मार्फत आफु कोरोना संक्रमित भएको जानकारी दिएका हुन। कुरुम्वाङले आफुमा संक्रमण पुष्टि भएका कारण आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन समेत अनुरोध गर्नुभएको छ ।

यसअघि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेललाई पनि संक्रमण देखिएको थियो । उहाँ हाल आइसोलेसमै बस्नु भएको छ ।