सत्तारुढ नेकपाले यस वर्ष चियापन नगर्ने
प्रकासित मिति : २०७७ कार्तिक ११, मंगलवार १४:१६
प्रकासित समय : १४:१६
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।
नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन् ।
राससका अनुसार विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।
यसअघि नेपाली कांग्रेसले पनि कोरोना महामारी फैलिएका कारण कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यस वर्ष स्थगित गरेको थियो ।