कोरोनाबाट बीपी प्रतिष्ठानमा थप एकको मृत्यु

सुनसरी, कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जनाको मृत्यु भएको छ 

सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गए राति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र डायबिटिजको समस्या थियो ।

यही कात्तिक १ गते उनमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि कात्तिक ८ गते उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।